प्रिमियर लिगः लेस्टरको पहिलो जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले नटिङ्घम फरेस्टमाथि शानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा लेस्टरले फरेस्टलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
लेस्टरको जितमा जेम्स म्याडिसनले दुई गोल गर्दा पास्टन डाका र हार्भी बार्नेसले एक-एक गोल गरे ।
लेस्टरले जारी सिजनको लिगमा पहिलो जित हात पारेको हो । लेस्टरले यसअघिका ७ मध्ये ६ खेलमा पराजय तथा एक खेलमा बराबरीको नतिजा निकालेको थियो ।
अर्कोतर्फ फरेस्टले पनि ८ मध्ये एक खेल जित्दा एक खेलमा बराबरी तथा ६ खेलमा पराजय भोगेको छ । गोलअन्तरको आधारमा भने लेस्टर १९ औँ तथा फरेस्ट २० औँ स्थान अर्थात पुछारमा रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया