एमाले मकवानपुरमा सम्पत्ति हिनामिनाको ‘राजनीतिक फन्डा’

हेटौँडा : माधव नेपाल समूहकी नेतृ मुनु सिग्देललाई नेकपा एमाले मकवानपुरले स्पष्टीकरण सोधेको छ । साबिक नेकपा एमालेको अध्यक्ष हुँदा कृषि विकास बैंक हेटौँडा शाखामा रहेको खाताको ९ लाख ३५ हजार झिकेर आफूखुसी खर्च गरेको आरोपमा आइतबार सिग्देललाई एमाले मकवानपुरले स्पष्टिकरण सोधेको हो ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जिल्ला कमिटीको अध्यक्षमा रहँदा पार्टीको हित विपरित कार्य गरेको, पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धमा अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप लगाएको, पार्टीको नाम र लोगोको अनाधिकृत प्रयोग गरेको तथा पुष्पकमल दाहालको मतियार भएर पार्टीहित विपरित किन कार्य गरेको भनेर स्पष्टिकरण सोधेका छन् ।
यस्तै बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर अनुशासनहिन काम किन गरियो भन्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमाले मकवानपुरको अध्यक्ष आफू स्वतः भएकोे नेतृ सिग्देलको दाबी छ ।
‘पहिले एमालेको अध्यक्ष म हुँदा एकलाल श्रेष्ठ सचिव थिए । अहिले म एमाले मकवानपुरको अध्यक्ष हुँ, सचिवले स्पष्टिकरण सोधेको जवाफ दिन आवश्यक छैन’, उनले भनिन् । मंगलबारसम्मको समय दिएर स्पष्टिकरण सोधेपनि उनले आजसम्म पनि स्पष्टिकरणको पत्र बुझेकी छैनन् । पत्र नबुझ्ने भन्दै फर्काइदिएको उनले बताइन् ।

खहरे पुलमा सवारी दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते

बिपी राजमार्गमा आजदेखि राति यातायात सञ्चालन रोक

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत

काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित
रत्ननगर पूर्ण खोप सुनिश्चितता घोषणा

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

प्रतिक्रिया