मुख्यमन्त्री पौडेलले काठमाडौँमा बोलाए सर्वदलीय बैठक

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । सोमबार काठमाडौंमा बैठक बस्ने गरी बोलाइएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
बागमती प्रदेश सभा पटकपटक स्थगित भएपछि प्रदेश सभा सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम र कोरोनाको रोकथाम र नियन्त्रणको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । बागमती प्रदेशमा यसअघि ४ पटकसम्म नेकपा माओवादीले संसद चल्न अवरोध गरेपछि प्रदेश सभा स्थगित हुँदै आएको थियो ।
संसद अवरुद्ध गरेको प्रमुख प्रतिपक्ष दल माओवादीलाई नेपाली कांग्रेस लगायत अन्य साना दलहरुले पनि समर्थन जनाएका थिए । यसैगरी प्रदेशमा पछिल्लो समय दैनिक ३ सयभन्दा माथि कोरोनाका सङ्क्रमितहरु थपिदै गएको छ । आजमात्रै बागमती प्रदेशमा ४ सय ७५ जना कोरोनाका सङ्क्रमितहरु थपिएका हुन् ।

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छः प्रचण्ड

कारागारबाट रविको १९ पेजको अपील : किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा जेल हाल…
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

प्रतिक्रिया