आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

माओवादीको स्थायी समिति बैठक आज बस्दै

फाइल तस्बिर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्‍दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजका लागि स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।