थाइल्यान्डसँग नेपाल पराजित

काठमाडौँ- भियतनाममा रहेको नेपाली युवा टोलीले सन् २०२३ मा हुने एएफसी यू-१७ एसियन कपको छनोट अन्तर्गत पहिलो खेलमै पराजय भोगेको छ ।
भियतनामको भिएट ट्री स्टेडियममा समूह ‘एफ’ अन्तर्गतको खेलमा नेपालले पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको हो । थाइल्यान्डले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
थाइल्यान्डको जितमा टोनवान पुन्टामुनीले २ तथा थानाक्रित जाम्पालीले एक गोल गरे । टोनवानले ३० औँ तथा ६५ औँ मिनेटमा गोल गर्दा थानाक्रितले ७८ औँ मिनेटमा गोल गरे ।
समूह ‘एफ’ मा नेपाल र थाइल्यान्डसँगै आयोजक भियतनामर चाइनिज ताइपेइ रहेका छन् । नेपालले समूह चरणको दोस्रो खेल भियतनामविरुद्ध अक्टोबर ७ तथा तेस्रो खेल चाइनिज ताइपेइसँग अक्टोबर ९ मा खेल्ने तालिका रहेको छ ।
समग्रमा छनोटमा सहभागी ४४ टिमलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता टिमले यू-१७ एसियन कपमा स्थान बनाउनेछन् । साथै उत्कृष्ट पाँच समूह उपविजेताले पनि एसियन कप खेल्न पाउनेछन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया