मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

मेस्सी बने च्याम्पियन्स लिगमा ४० क्लबविरुद्ध गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ- अर्जेन्टिनी फुटबल स्टार स्ट्राइकर लियोनल मेस्सी च्याम्पियन्स लिग अन्तर्गत विभिन्न ४० क्लबविरुद्ध गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

यस सिजनको जारी च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब बेनफिकाविरुद्ध फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि गोल गरेपछि मेस्सीले उक्त कीर्तिमान कायम गरेका हुन् ।

समूह ‘एच’ अन्तर्गत पीएसजी र बेनफिकाबीचको खेल १-१ को बराबरीमा टुंगिएको खेलमा मेस्सीले एक गोल गरेका थिए ।