के छ मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता अविश्वास प्रस्तावमा ? (पत्रसहित)

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सोमबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
नेपालको संविधानको धारा ८८ को उपधारा(४) र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४४ को उपनियम(१) बमोजिम तीन दलले अविश्वास प्रश्ताव दर्ता गरेका हुन् । अविस्वासको प्रस्तावका साथ संवधानको धारा ८८ को उपधारा(५) बमोजिम मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको नेपाली कांग्रेस लुम्बिनी संसदीय दलका नेता फकरुध्दिन खानले जानकारी दिए । अविश्वास प्रस्तावमा ४२ जना सांसदले हस्ताक्षर गरेका छन् ।
८७ सदस्यीय प्रदेशसभ सदस्य मध्ये माओवादी केन्द्रका २ जना कारबाहीमा परेका छन् । सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् । ४१ सांसदले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गरेका हुन् ।

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

घोराही कारागारमा बायोग्यास

प्रतिक्रिया