किन भयो फेसबुकको फलोअर्स १० हजारभन्दा कम ?

काठमाडौंँ - फेसबुकमा फलोअर्स घट्ने बग देखिएको छ। बुधबार बिहानै देखि आफ्नो फलोअर्स घटेको भन्दै प्रयोगकर्तहरूले पोस्ट गर्न थालेका हुन् । फेसबुकको बग (सुरक्षा कमजोरी) का कारण रातारात लाखौं सेलिब्रेटीहरूका फेसबुक अकाउन्टबाट फलोअर घट्न थालेपछि प्रयोगकर्ताले सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन् ।
फेसबुक संस्थापक मार्क जुकरवर्गकै फलोवर्स १० हजार भन्दा तल भएपछि कतिपयले उनीसँग फलोअर्सको तुलना गर्दै मिम बनाएर फेसबुकमा पोस्ट गरिरहेका छन् । हाल जुकरबर्गको फेसबुक प्रोफाइलमा फलोअर्सको संख्या घटेर ९,९९५ मात्र पुगेको छ । मंगलबारसम्म, उनको प्रोफाइलमा करिव १२ करोड बढी फलोअरहरू थिए।
सामाजिक सञ्जालमा सक्रिय पूर्व सचिव भीम उपाध्यायको फलोअर्स ९ हजार ९ सयमा सीमित भएको छ। समस्या अघि उनको झन्डै ३ लाख फलोअर्स थिए । यस्तै पूर्व सञ्चारकर्मी रवि लामिछानेको फलोअर्स घटेर १० हजार तल पुगेको देखिएको छ। काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाहको प्रोफाइलबाट पनि फलोअर्स घटेको छ।
उता फेसबुक पेजको फलोअर्सको सङ्ख्यामा समस्या देखिएको छैन । यसबारे सामाजिक सञ्जाल ट्वीटरमा समेत थुप्रै प्रयोगकर्ताले आफ्नो फलोअर गुमेको भन्दै ट्वीट गरेका छन।
फलोअर्ससँगै कतिपय प्रयोगकर्ता फेसबुक अकाउन्ट नदेखाउने समस्या समेत देखिएको छ भने कतिपय प्रयोगकर्तका अकाउन्टमा फलोअर्सको केही बढेको समेत देखिएको छ।
बगको कारण कुनै सेलिब्रेटीको खातामा खोजी गर्दा उनीहरूका सम्पूर्ण फलोअरहरू देखिन्छन्। तर, प्रोफाइल खोल्ने बित्तिकै यो संख्या १० हजारभन्दा कम हुने समस्या देखिएको छ। मेटाले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । केही जानकारहरुका अनुसार यस्तो समस्या फेसबुकमा बगका कारण देखिएको हुन सक्ने बताए ।

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

प्रतिक्रिया