अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ जनाले लिए मन्त्रीको शपथ

बुटवल : लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका छन्। पोखरेलले थप गरेका जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई मन्त्रीको रूपमा सपथ ग्रहण गराएका हुन्। सन्तोष भौतिक पूर्वाधार, विजय भूमि व्यवस्था तथा कृषि, कल्पना शिक्षा तथा सामाजिक विकास मन्त्रालयको सपथ लिए। रायमाझी भने राज्यमन्त्री हुन्। राज्यमन्त्रीलाई मुख्यमन्त्रीले शपथ ग्रहण गराए।
सोमबार माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए। आजै दिउँसो कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदको हस्ताक्षरसहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया