जो प्रदेश टिममा परेनन्, एनआरएनएबाट खेल्दा 'प्रोटेस्ट' भोगे

पोखरा- गैह्रआवासीय नेपाली संघ (एनआरएनए) फुटबल टिमका खेलाडीमाथि लागेको प्रोटेस्ट सदर भएसँगै नेपाली राष्ट्रिय फुटबल टिमका चर्चित खेलाडीहरुले नवौँ राष्ट्रिय खेलकुदमा खेल्न नपाउने भएका छन् ।
राष्ट्रिय खेलकुदको फुटबल अन्तर्गत गत बिहीबार भएको खेलमा एनआरएनएले नेपाली राष्ट्रिय खेलाडी उतारेपछि विवाद भएको थियो ।
एनआरएनएका लागि राष्ट्रिय टिमका सदस्यहरु विमल घर्तीमगर, अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोग राई, विशाल राई, निशान खड्का र अशोक खवासले प्रदेश नम्बर १ विरुद्ध खेलेका थिए । त्यसपछि प्रदेश १ ले उनीहरुविरुद्ध प्रोटेस्ट हालेको थियो ।
उक्त खेल एनआरएनएले २–० ले जितेको थियो । एनआरएनएका लागि विमल र संजोगले एक–एक गोल गरेका थिए । खेललगतै प्रदेश १ ले हालेको प्रोटेस्ट सदर भएको नवौं राष्ट्रिय खेलकुदको प्राविधिक उपसमितिले जनाएको छ ।
त्यससँगै खेल प्रदेश १ ले ३–० ले जितेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया