बागमतीका प्रदेश प्रमुखद्वारा दुई अध्यादेश जारी

मकवानपुर- बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वटा अध्यादेश जारी गरेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मुखमा आफ्ना स्वार्थका अध्यादेश जारी गर्ने क्रम अझै नरोकिएको भन्दै यसको आलोचना गरिएको छ ।
संसद् बन्द गरेर अध्यादेशमार्फत सरकार चलाउँदै आएको बागमती प्रदेश सरकारले आफ्ना स्वार्थका अध्यादेशहरू बिगतमा पनि जारी गरेको थियो ।
आम जनताको हितभन्दा पनि प्रदेशका मन्त्री र कर्मचारीका स्वार्थ पुरा गर्ने अध्यादेश ल्याउँदै आएको बागमती प्रदेश सरकारले सिफारिस गरेको दुई वटा अध्यादेश प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणिकरण गरेर जारी गरेका हुन् । यो जानकारी गोप्य राख्न खोजे पनि भोलिपल्ट सार्वजनिक भएको छ ।
प्रदेश सरकारले चुनावको मुखका प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रदेश प्रमुखले जारी गरेका हुन् ।
चुनावको मिति घोषणा गरेर काम चलाउन सरकारको रुपमा परिणत भएको यो सरकारले चुनाव नजिकिँदासमेत अध्यादेश जारी गर्ने काम रोकेको छैन । संसद् बन्द गरेर ल्याएका सबैजसो अध्यादेश आफ्ना स्वार्थ अनुकुलका अध्यादेश मात्र जारी गरिएको छ । प्रतिपक्षले यसको विरोध गरेको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया