बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

पोखरा- गण्डकी प्रदेशका अमृत थापामगरले नवौं राष्ट्रिय खेलकुदको स्क्वासमा पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन् । 

सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनलमा थापामगरले बागमतीका अह्रान्त सिम्हलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । सो जितसँगै थापामगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जिते । उनले सातौ र आठौंमासमेत स्वर्ण पदक जितेका थिए ।

दोस्रो पटक हार व्यहोरेका सिम्हले रजत पदक प्राप्त गरे । बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कास्य पदक जिते ।