नेयमारको गोलमा पिएसजीको जित

काठमाडौँ- नेयमारको निर्णायक गोलमा पेरिस सेन्ड जर्मेन पिएसजीले आइबार राति फ्रेन्च लिग वानमा ओलम्पिक डी मार्सलीलाई १–० ले पराजित गरेको छ ।
१० खेलाडीमा सिमित मार्सिलीलाई हराउन नेयमारले पहिलो हाफको इन्जुरी समयमा एकेलिन एम्बाप्पेको पास सदुपयोग गरे ।
खेलको ७२औँ मिनेटमा मार्सली दश खेलाडीमा सिमित भएको थियो । सामुयल गिगोले सिधै रातो कार्डको सामना गरेका थिए । यस खेलमा स्टार खेलाडी लियोनल मेस्सीले चोटपछि पुनरागमन गरेपनि गोलविहीन रहे ।
जितसँगै पिएसजी ११ खेलबाट २९ अंक जोड्दै शीर्षस्थानमा छ । पराजित मार्सली समान खेलबाट २३ अंक सहित चौथो स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया