कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–५ मैनाहामा हिजो बेलुकी गाडामा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ । दुर्घटनामाा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुरकै लालझण्डी गाउँपालिका–३ का ३० वर्षीय रमेश राना रहेका छन् ।
गम्भीर घाइते भएका रानाको उपचारका क्रममा इशान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको हो । गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार एक जनालाई उपचारका लागि धनगढी लगिएको छ ।
बेलौरीबाट लालझण्डीतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१–०११ प २४३२ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे बिपरित दिशाबाट आउँदै गरेको गाडामा ठोकिएको इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरले जनाएको छ ।

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया