रोनाल्डोको व्यवहारले आजित बन्दै प्रशिक्षक हाग
काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले फरवार्ड क्रिस्टियानो रोनाल्डोले कारवाही भोग्नुपर्ने चेतावनी दिएका छन् ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमविरुद्धको खेल जारी रहँदै रोनाल्डोले मैदान छाडेपछि युनाइटेडका प्रशिक्षक हागले उनीमाथि कारवाही हुने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
बुधबार युनाइटेडले टोटेनहमलाई २-० गोलअन्तरले पराजित गर्दै ३७ वर्षीय पोर्चुगिज फरवार्ड रोनाल्डोले ८९ औँ मिनेटमै मैदान छाडेका थिए । यसका साथै परिवर्तित खेलाडीको रुपमा समेत रोनाल्डो मैदानमा छिर्न अस्विकार गरेको हागले स्विकार गरे ।
यसैबीच शनिबार चेल्सीविरुद्ध हुने खेलका लागि रोनाल्डो टिममा नरहने निश्चित भएको छ । साथै रोनाल्डोले एक्लै अभ्यास समेत गरेका थिए ।
यसअघि रायो भालेकानोविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा हाफ टाइममा मैदान बाहिर पढाइएपछि रोनाल्डोले खेल अगाबै मैदान छाडेका थिए । सो समयमा समेत हागले रोनाल्डोको व्यवहार अस्विकार्य भएको चेतावनी दिएका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया