लमजुङमा राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

लमजुङ- दीपावलीका अवसरमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले देउसी–भैलोलगायतका साँस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने भएकाले राति ८ बजेसम्म मात्रै देउसी–भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको हाे ।
विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
साथै, दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतिशबाजी लगायतका विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ ।

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

प्रतिक्रिया