डिलाशैनीमा पहिलोपटक बिजुली, तिहार भयो झिलीमिली

बैतडी- डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि वडा नं ७ मा रहेको गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको हो ।
उज्यालो डिलाशैनी अभियानअन्तर्गत पहिलोपटक गाउँपालिका केन्द्रमा बिजुली पुर्याएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए । चुनावका बेला उज्यालो डिलाशैनी बनाउँछौँ भन्ने बाचा रहेकाले सोही बाचाअनुसार विद्युतीकरणलाई प्राथमिकतामा राखेको जोशीको भनाइ छ ।
धामीगाउँमा रहेको पालिकाको केन्द्रमा बत्ती बालिएको छ । पालिकाका अन्य ठाउँमा पनि लाइन विस्तारको काम तीव्रताका साथ अगाडि बढाएका छौँ । लामो समयदेखि अन्धकारमा रहेका बस्तीमा तिहारकै बेला बिजुली बलेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । पहिलोपटक बिजुली पुग्दा निकै खुसी लागेको र तिहार झिलीमिली भएको स्थानीयवासी हरिश धामीले बताए । रासस

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया