मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

करेन्ट लागेर एकको मृत्यु

कैलाली- कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका- ४ बलिया बस्ने रामप्रसाद बजगाईंको १९ वर्षीय छोरा कमल बजगाईंको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले मृतक बजगाईं घरमा तिहारको झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लाग्दा मृत्यु भएको बताए । 

बत्ती लगाउने बेला तार सर्ट भएर अचानक टिनको ढोकामा बजारिएर घाइते बजगाईंलाई उपचारको लागि स्थानीय अस्पताल लालरत्न लम्कीमा लैजाने क्रममा उनको मृत्यु भएको प्रवक्ता जोशीले बताए ।