गठबन्धनले टुंग्यायो महोत्तरी- १ 'क' को विवाद

महोत्तरी- सत्तारुढ गठबन्धन दलले महोत्तरीका विवादित क्षेत्रमा साझा उम्मेदवार टुंग्याएको छ । महोत्तरी- १ 'क' मा लोसपाका पिताम्बर महतो र एकीकृत समाजवादीका सुरेश राउतमध्ये पिताम्बर महतोलाई वैधता प्रदान गरेको हो ।
गठबन्धनविरुद्ध नै उम्मेदवार परेपछि अन्योल सिर्जना भइरहेको बेला महोत्तरी-१ क को विवाद भने सावधान भएको छ ।
क्षेत्र न.२ क को अझै छलफल जारी रहेको गठबन्धन दलका नेताहरूले बताएका छन् । क्षेत्र न.२ मा गठबन्धनभित्रैबाट लोसपाका जयनुल राइन र एकीकृत समाजवादीबाट मन्जु यादवको उम्मेदवारी परेको थियो ।
क्षेत्र न. क मा भने गठबन्धनका साझा उम्मेदवार लोसपाका पिताम्बर महतोलाई बनाएपछि असन्तुष्टि चुलिएको छ । 'भोलि बैठक बसेर मात्र निर्णयमा पुग्छौँ' लोसपाका नेता तथा उम्मेदवार सुरेश राउतले भने ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया