आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

कांग्रेस निर्वाचन समिति संयोजकमा यादव

काठमाडौँ : नेपाली कांग्रेसले निर्वाचन समिति संयोजकमा महादेवप्रसाद यादवलाई मनोनित गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले यादवलाई समिति संयोजकमा मनोनित गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाडले जानकारी दिए । यादव पूर्वमहानन्यायाधिवक्ता हुन् तथा राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन् । 

यसअघिका निर्वाचन समिसतिका संयोजक राधेश्याम अधिकारी १६ चैतमा राजीनामा दिएका थिए । उनको राजीनामा केन्द्रीय समितिले स्वीकृत गरिसकेको छ ।