हेटौंडामा रगतको अभाव, रक्तदान गर्न आह्वान

हेटौंडा- हेटौंडामा रगतको अभाव भएको छ । रगतको माग धेरै भएकाले रक्तसञ्चार केन्द्र हेटौंडाले रक्तदान गर्न आह्वान गरेको छ ।
अहिले बजारमा रगतको अभाव र माग बढी भएकाले रक्तदान गर्न आह्वान गरिएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दहालले बताए । अहिले रगतको अत्यधिक मागसँगै अभावको स्थिति रहेको उनले बताए । उनका अनुसार तिहार अगाडि अर्थात् कात्तिक ५ गते एउटा रक्तदान कार्यक्रम भएपछि रक्तदान कार्यक्रम भएको छैन । दैनिक रूपमा रगतको माग बढी रहँदा रक्तसञ्चार केन्द्रमा रगत नभएको उनले बताए ।
यता रक्तसञ्चार केन्द्रले आवश्यक परेका बेला बोलाउँदा रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्ने समूहका रक्तदातालाई पनि डेंगु संक्रमण भएकाले अभावका बेला रगतको मागअनुसार आपूर्ति व्यवस्था मिलाउन गाह्रो भएको उनको भनाइ छ ।
अहिले ‘ओ’ पोजेटिभ समूहको रगत मात्र केन्द्रसँग मौज्दातमा रहेको दाहालले बताए । ‘ए’ पोजेटिभ/नेगेटिभ, ‘बि’ पोजेटिभ/नेगेटिभ समूहको रगत अभाव भएको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया