त्रिकोणात्मक टी-ट्वान्टी सिरिज: नेपाल एक खेल अगावै फाइनलमा
उपाधिका लागि नेदरल्याण्ड्ससँग् भिड्ने

काठमाडौँ : नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ । सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएपछि नेपाल फाइनल पुगेको हो । नेपाल एक खेल अगाबै फाइनल पुगेको हो । नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको छ । मलेसिया भने बाहिरिएको छ ।
त्यसअघि टियु क्रिकेट मैदानमा बुधबार वर्षाले प्रभावित बनाएको रोमान्चक खेल बराबरी भएको हो । वर्षाले पटक पटक प्रभावित गरेको खेलमा नेदरल्यान्ड्सले जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो । तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहदा वर्षाले पुनः खेल रोकेको थियो । त्यसपछि सुरु भएको खेलमा मलेसियाले डीएलको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो ।
नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य मलेसियाले १० ओभर ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल टाइ भएको हो । मलेसियाका सेद अजिजले सर्वाधिक ३० रन जोड्दा अनवर अरुदीनले २३ रन बनाए । नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले २ विकेट लिए । यस अघि वर्षाको कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।
तर, डीएल मेथडको आधारमा मलेसियाले १ सय २० रनको लक्ष्य लक्ष्य पाएको थियो । नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहदैं ५४ रनको अर्धशतकीय इनिङ्स खेले । मलेसियाका मुहमद वाफिकले २ विकेट लिए । पवनदिप सिंह र भीरनदीप सिंहले १–१ विकेट लिए । प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल र मलेसियाबीच खेल हुनेछ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया