धनगढीमा पनि चल्यो डोजर

कैलाली- धनगढी उपमहानगरपालिकाले कैलालीपुलदेखि क्याम्पसरोडसम्मको सडक चौडा गर्ने कार्यको सुरुवात गरेको छ । उपमहानगरपालिकाले यसअघि सूचना जारी गर्दै सडक क्षेत्र खाली गर्न भनेको थियो । सोही अनुरूप आजदेखि सडक क्षेत्रमा पर्ने संरचना हटाउन सुरु गरिएको हो ।
उपमहानगरका मेयर गोपाल हमाल स्वयं उपस्थित भइ सडक क्षेत्रभित्र पर्ने संरचनामा डोजर चलाइएको हो ।
सेती प्रादेशिक अस्पतालको स्वामित्वमा रहेको प्रदेश स्वास्थ्य कार्यालय, रक्तसञ्चार केन्द्र लगायतका संरचनामा डोजर चलाइएको हो । यसअघि छठपछि संरचना भत्काउने सूचना जारी गरेका कारण आजदेखि डोजर चलाइएको मेयर हमालले बताए ।
उपमहानगरपालिकाले कैलालीपुलदेखि क्याम्पस रोडसम्म सडकको दुवैतिर १५/१५ मिटरभित्र पर्ने संरचना हटाउन सूचना जारी गरेको थियो ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया