इमान्दार भएर काम गर्न मातहतका निकायलाई मेयर शाहकाे निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उनको भनाइ थियो । बुधबार काठमाडौँमा आयोजित ‘काठमाडौँ महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणा समेत राखेका छन् ।
जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरूपण गराउन भ्रष्ट आचरण भएकाहरूले बाधा अवरोध पुर्याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर शाहले बताए ।
मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निस्तेज पार्न सकिने बताए ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया