संघीयता खारेजी पहिलाे प्राथमिकता : उम्मेदवार न्याैपाने

मकवानपुर- संघीयता खारेजीलाई पहिलाे प्राथमिकतामा राखेर आवाज उठाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गुन्जनबहादुर न्याैपानेले बताएका छन् । मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ का उम्मेदवार न्यौपानेले निर्वाचनका लागि ७ बुँदे संकल्प सार्वजनिक गर्दै आफू नष्ट हुन्छु तर भ्रष्ट हुन्न भनेका छन् ।
उम्मेदवार न्यौपानेले सोमबार हेटौंडामा आयाेजना गरेका पत्रकार सम्मेलनमा सात बुँदे संकल्पसहितकाे घेाषणा पत्र समेत जारी गरेका छन् । सम्मेलनमा न्याैपानेले याैनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पनि अरू सरह मानव भयकाेले उनीहरूकाे व्यक्तित्व विकास गर्ने बताए ।
उम्मेदवार गुञ्जनले आफू लामो समयदेखि धार्मिक र सामाजिक कार्यमा सक्रिय रहेको बताए । २०४७ सालदेखि राजनीतिमा सक्रिय रहेको बताउँदै उनले पहिलो पटक उम्मेदवारी दिएकाे बताएका छन् । यसअघि लामो समयदेखि पार्टीको जिम्मेवारीमा रहँदा संसद्काे उम्मेदवार बन्ने अवसर नपाएकोमा यसपटक पार्टीले दिएकाे अवसरकाे सदुपयाेग गर्ने बताए । आफू सांसद बन्नका लागि नभइ जनताको काम गर्नका लागि उम्मेदवार बनेको बताए ।
चुनावी प्रचारप्रसारकाा क्रममा आफ्नाे क्षेत्रमा घरदैलो कार्यक्रम गर्दा यसअघि निर्वाचनमा जितेका प्रतिनिधिहरूले आश्वासन मात्र दिएकाे तर विकास निर्माणका कार्य नगरेकाे जनगुनासो गर्ने गरेकाे समेत न्याैपानेले बताए । पहिलाे पटक उम्मेदवार बनेकाेमा हारजित जे भए पनि अर्को पटक यही पदमा उम्मेदवार नबन्ने समेत उनले कार्यक्रममा उद्घाेष गरे ।
गुञ्जनले सार्वजनिक गरेको ७ संकल्पः
१. सर्वसुलभ सुविधा सम्पन्न हेटौडा अस्पताल स्तरोन्नतिमा पहिलो अठोट् । सर्वसुलभ प्राविधिक समेतका विश्वविद्यालय निःशुल्क +२ सम्म विद्यालयका लागि नीति निर्माणमा जोड ।
२. बेरोजगारलाई सीप र प्रशिक्षण । हेटौंडाका औद्योगिक क्षेत्रमा मकवानपुरको लगानी, मकवानपुरेलाई रोजगारी । सबै जातजाति, भाषाभाषीको हितमा राज्यको चासो र लगानी। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुको विकासमा पहलकदमी।
३) खुला क्षेत्र सहितको स्मार्ट, अपाङ्गमैत्री, प्रदूषण नियन्त्रित मकवानपुर । तामाङ सहित सबै जातिको लिपि भाषा अध्ययन प्रतिष्ठान बनाउने । समृद्ध नेपाली सभ्यता विश्वमा चिनाउने ।
४) उद्यमशिलता बिकास बैंक स्थापना र कम ब्याजदर तथा सहज ऋण लगानी। मकवानपुरका नागरिक सबैको उद्यम र आयमा बृद्धि ।
५) संघियता खारेजीमा पहल र बेथिति बिरुद्धको पहरेदारी। मितव्ययी लोककल्याणकारी सरकार सञ्चालन नगरे राप्रपाको खबरदारी।
६) वन जंगल, सार्वजनिक जग्गा र नदी तट क्षेत्रबाट आम्दानी । समृद्धिका लागि कृषिमा मुलुकको प्राविधिक र प्रारम्भिक लगानी। सम्पूर्ण धार्मिक क्षेत्रको संरक्षण बिकास हाम्रो जिम्मेवारी ।
(७) स्वस्थ्य, शिक्षित, सुखि र समृद्ध मकवानपुर । योग, आयुर्वेद र प्राकृतिक उपचार पद्वतिलाई जोड । निःशुल्क दिर्घरोग परीक्षण राष्ट्रको अभिभारा । दिर्घरोगीलाई औषधि निःशुल्क लाभान्वित जनता सारा ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया