महेश र विष्णुकाे प्रतिबद्धताः चुनाव जितेपछि जनताका हरेक समस्यामा सँगै

मकवानपुर- ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचन नजिकिँदै गर्दा मकवानपुरमा उम्मेदवारहरूले घरदैलाे तथा प्रचारप्रसारकाे कार्यक्रमलाई तीव्र पारेका छन् । हरेक दिन विहानैदेखि बेलुकासम्म नै उम्मेदवारहरू आआफ्नाे क्षेत्रका घरदैलाेमा मतदातासँगै रहने गरेका छन् ।
चुनावी प्रचारप्रसारमा हरेक गाउँ तथा बस्ती पुग्ने गरेका उम्मेदवार तथा दलका नेताहरूले निर्वाचनपछि नाक मुख नदेखाउने गरेकाे आराेप स्थानीय मतदाताहरूले लगाउने गरेका छन् । तर, मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौला र क्षेत्र नम्बर–२ को प्रदेश सभा (ख) मा उम्मेदवारी दिएका विष्णुप्रसाद ढकालले चुनाव जितेपछि जनताका हरेक समस्यामा सँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गतका कार्यक्रममा उनीहरूले जनतासँगै रहने प्रतिबद्धता व्यक्त गर्ने गरेका छन् । साेमबार मकवानपुरकाे भीमफेदी गिाउँपालिकामा घरदैलो तथा सभामा दुवै जना उम्मेदवारहरूले चुनाव जितेर गएपछि काठमाडौं र हेटौंडा केन्द्रित भन्दा पनि यस क्षेत्रका नागरिकका हरेक समस्यामा सधैं हातेमालो गरेर अगाडि बढ्ने बताएका हुन् ।
बर्तौला र ढकालले भीमफेदी गाउँपालिका वडा नम्बर–१ को किसेडी, २ नम्बर वडाको कालिकाटार, ३ नम्बर वडाको केरावारी, ४ नम्बर वडाको चिउरी बगैंचा लगायतका क्षेत्रमा घरदैलो र टोल टोलमा भएका सभालाई सम्बाेधन गर्दा स्थानीय वासिन्दाहरूले अघिल्ला निर्वाचनमा विजयी भएका उम्मेदवारहरू जितपछि आफ्ना क्षेत्रमा खासै नफर्किएको तथा विकास निर्माण र जनताकाे आधारभूत आवश्यकतामा समेत ध्यान नदिएकाे बताएका थिए । अहिलेका उम्मेदवारहरू चुनावका बेलामा घरमा आएर समस्या सुन्न आए जसरी नै नियमित आउने र स्थानीयका समस्या समाधान गर्न पहल गर्ने हाे भने मात्र मतदान गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।
युवा उम्मेदवार गाउँ पुग्दा फूलमालाले स्वागत
मकवानपुर निर्वाचन क्षेत्र नं. २ को एमाले तर्फबाट प्रतिनिधि सभा सदस्य युवा उम्मेदवार महेश बर्तौला मकवानपुरगढी गाउँपालिकाका गाउँ पुग्दा स्थानीयले फूलमालाले स्वागत गरेका छन् । स्थानीयले युवा उम्मेदवारमाथि विकास, समृद्धि र परिवर्तनको अपेक्षा राखेका छन् । आफ्नाे क्षेत्रबाट पटक पटक सांसद भएका बिरोध खतिवडा जसरी नहराउन आग्रह समेत गरेका छन् । नेकपा एकीकृत समाजवादीका खतिवडा उक्त क्षेत्रबाट गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।
युवा उम्मेदवार बर्तौलाले मकवानपुर गढी गाउँपालिका क्षेत्रको आमभन्ज्याङ्ग, डुम्रेकुना, सुकौरा र बुढिचौरमा चुनावी सभामा सम्बोधन गरेका थिए । बर्तौलाले स्थानीयवासीसमक्ष आफूले देश र जनताको पक्षमा काम गर्ने बताए । जनताको विश्वास जोगाइराख्ने र जनताको चाहना विपरीत कुनै काम नगर्ने समेत उनले विश्वास दिलाएका थिए । उम्मेदवार बर्तौलाले आफूले चुनाव जितेर सहिद बासुदेव मार्ग र बस्ती संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुमा लामो समय विद्यार्थी राजनीति गरेर अहिले पार्टी राजनीतिमा सक्रिय रहेका बर्तौला उम्मेदवार मनाेनयन गरेपछि मकवानपुरगढी ६ कञ्चनथलीमा रहेकाे जनआन्दालन २०६२/०६३ का मकवानपुरे शहीद वासुदेव घिमिरेकाे घर पुगी उनका पिताबाट आशीर्वाद लिएका थिए ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया