दुर्व्यवहार गर्ने खड्कालाई छाड्न विरोध खतिवडाको आग्रह

मकवानपुर- चुनावी प्रचार कार्यक्रमका क्रममा आफूलाई दुर्व्यवहार गरेका पुरुषोत्तम खड्कालाई रिहा गर्न विरोध खतिवडाले प्रहरीलाई आग्रह गरेका छन् ।
मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खतिवडाले आफूलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हेटौडा–२ चौकीटोल बस्ने पुरुषोत्तम खड्कालाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका हुन् ।
खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन खतिवडाले प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका हुन् ।
मनहरी गाउँपालिका ४ गोलघरस्थित चुनावी कार्यक्रममा मंगलबार सत्तारुढ गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता खतिवडालाई खड्काले झापड हानेका थिए ।
र, यो पनि

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया