राजनीति

भोट माग्ने क्रममा पूर्वमन्त्री विराेध खतिवडामाथि हातपात

इकागज |
कात्तिक २२, २०७९ मंगलबार १६:२ बजे

फाइल तस्वीर

मकवानपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार रहेका विरोध खतिवडा भोट माग्ने क्रममा पिटिएका छन् ।

इलाका प्रहरी कार्यालय मकवानपुर नेवारपानीका अनुसार खतिवडालाई स्थानीयले भोट माग्ने क्रममा पिटेका हुन् । मकवानपुर मनहरी गाउँपालिका ४ गोलघरस्थित गठबन्धनको चुनावी कार्यक्रममा गएका प्रतिनिधि सभा सदस्य मकवानपुर क्षेत्र नं.२ को उम्मेदवार खतिवडा पिटिएका हुन् ।

उनी पूर्व स्वास्थ्य मन्त्रीसमेत हुन् । गाडीबाट झरी कार्यकर्ताभेटघाट गर्ने क्रममा हेटौडा उ.म.न.पा.२ चौकिटोल बस्ने पुरुषोत्तम खड्काले पिटेको प्रहरीले जनाएको छ । खतिवडालाई खड्काले २ झापड हानेको प्रहरीले जनाएको छ ।

खड्काले पुरानो रिसईवीको कारण पिटेको हुनसक्ने प्रहरीले जनाएको छ ।  खड्कालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याईएको छ । 



Author

थप समाचार
x