सरकार

डढेलोले ज्यान र धनको क्षति हुँदा पनि सरकार असंवेदनशील बनेको कांग्रेस नेता कोइरालाको आरोप

इकागज |
बैशाख १४, २०८१ शुक्रबार ७:४५ बजे

फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेसका लागि नेता शेखर कोइरालाले डढेलोका कारण ज्यान र धनको क्षति हुँदा पनि सरकार असंवेदनशील बनेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा एक स्ट्याटस राख्दै नेता कोइरालाले देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयौं मानिसको मृत्यु भएको तथा अरबौंको सम्पत्ति क्षति भएपनि डढेलो नियन्त्रणमा सरकार असंवेदनशील बनेको आरोप लगाएका हुन् ।


'यस बर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गईसक्यो, अरवौंको सम्पत्तिको नाश भईसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ । वर्षेनी डढेलोका कारण हुने नोक्सानी बढ्दैछ, रोकथाम र न्यूनिकरणमा हामी कहाँ चुक्यौं ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनसील ?,' नेता कोइरालाले लेखेका छन् ।

 


Author

थप समाचार
x