दल

मसँग सम्पत्ति छैन र भएको सम्पत्ति पनि दान गरिसकेँ, सम्पत्ति​ कमाउने कुनै लोभ लालच छैन : केपी ओली

इकागज |
बैशाख १५, २०८१ शनिबार १८:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा केन्द्रित रहेको बताएका छन् ।

शनिवार सुनसरीको चतराधाम कुम्भ मेलामा पुगेका ओलीले देश, जनता र मावनकल्याणका लागि समर्पित हुँदै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका हुन् ।


उनले आफूसँग सम्पत्ति नरहेको र भएको सम्पत्ति समेत दान गरिसकेको अवस्थामा सम्पत्ति​ कमाउने कुनै लोभ लालच नभएको जिकिर गरे ।

आफू एक प्रकारको सन्त नै भएको उनको भनाइ छ । ओलीले कोशी क्षेत्र सप्तऋषिहरूले तपस्या गरेको पवित्र भूमि भएकाले धार्मिक इतिहाससँग जोडिएको स्थानको विकासका लागि आफूले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।

ओलीले पवित्र देवभूमिको संरक्षण गर्नुपर्ने र आगामी पुस्ताहरूलाई पनि यसबारे अवगत गराउनुपर्ने बताए । यस वर्ष चतराधाम कुम्भ मेलामा १२ लाख भक्तजनले स्नान गरेको आयोजक समितिले जनाएको छ । चैत २७ गते सुरु भएको पूर्ण महाकुम्भ मेला वैशाख २८ गतेसम्म चल्नेछ ।

 


Author

थप समाचार
x