दल

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

इकागज |
बैशाख २७, २०८१ बिहीबार ९:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

कांग्रेसले शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनबारे छलफल गर्न आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद्‌ भवनको ल्होत्से हलमा बस्ने भएको छ ।


कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न यस अघिको संसद्‌ अधिवेशन अवरुद्ध गरेको र शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशन अवरुद्ध गर्ने बताउँदै आएको छ ।


Author

थप समाचार
x