राजनीति

बझाङ 'क' : एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा

इकागज |
बैशाख १६, २०८१ आइतबार २१:२६ बजे

काठमाडौँ- प्रदेश सभाको बझाङ–१ (क) को मतगणनामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेका दमनबहादुर भण्डारीको ३ हजार १८५ मतसहित अग्रता कायमै रहेको छ । भने, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले २ हजार ५७० मतसहित भण्डारीलाई पछ्याइरहेका छन् ।

यस्तै तेस्रो स्थानका लागि माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ८३८ मत रहेको छ । 


एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९ मत ल्याएका छन् ।


Author

थप समाचार
x