राजनीति

इलाम उपनिर्वाचन

एमालेका सुहाङको अग्रता कायमै

इकागज |
बैशाख १७, २०८१ सोमबार १९:१६ बजे

इलाम- प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार ८ सय ५७ को अग्रता लिएका छन् ।  फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १८ हजार १ सय ९६ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ३ सय ३९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् ।


यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले ३ हजार ६७ मतसहित चौथो स्थानमा छन् ।

जम्मा ४४ हजार ३ सय ७३ मतमध्ये हालसम्म ४४ हजार ९ सय ७२ मत गणना भएको छ । जसमध्ये ५९९ मत बदर भएको छ ।


Author

थप समाचार
x