दल

सुहाङ काँग्रेसका उम्मेदवारभन्दा ५ हजार बढी मतले अगाडि

मिलनले पाए २ हजार मत

इकागज |
बैशाख १७, २०८१ सोमबार १५:४० बजे

काठमाडौँ - इलाम-२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता कायम गरेका छन् । 

उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्कासँग फराकिलो अग्रता कायम गरेका हुन् । सुहाङले १४ हजार ६१३ मत पाएका छन् ।


दोस्रो स्थानमा रहेका खड्का​ ९ हजार ३११ मत पाएका छन् । निकटतम् प्रतिद्वन्द्वी सुहाङ र डम्बरबीच ५३०३ मतको अन्तर भएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८५७० मत पाएका छन् । भने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०५७ मत ल्याएका छन् ।
 


Author

थप समाचार
x