दल

इलाममा चुक्यो रास्वपा : मिसन ८४ लाई धक्का दिने गरी आयो मत !

इकागज |
बैशाख १७, २०८१ सोमबार २१:८ बजे

इलाम- 'निश्चय नै यो उपनिर्वाचनले हाम्रो मिसन ०८४ लाई सन्देश चाहिँ दिन्छ,' उपनिर्वाचन अघि दमकमा सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार मिलन लिम्बुले भनेका थिए ।

लिम्बु राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन् । सर्वप्रथम स्वतन्त्र उम्मेदवारी भन्दै उपनिर्वाचनमा होमिएका उनले पछि रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । निर्वाचन जित्ने र सांसद बन्ने सुखद सपना देखेर पार्टी राजनीतिमा होमिएका उनले यो निर्वाचन नजित्ने निश्चित बनिसकेको छ ।


रास्वपाले उम्मेदवार छान्न र पूर्वमा संगठन विस्तार गर्न राम्रै लगानी गर्यो । सहमहामन्त्री कविन्द्र वुर्लाकोटीले सुरुवातबाटै इलाम बसे । उम्मेदवार छान्न सांसदहरू ४२ वडा नै पुगे । मनिष झा, सोविता गौतम, निशा डाँगी लगायत उम्मेदवार खोज्न गाउँ पसे । उपसभापतिद्वय स्वर्णिम वाग्ले, डिपी अर्याल, संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ प्रमुख सचेतक सन्तोष परियार निरन्तर इलामलाई केन्द्रमा राखेर काम गरे । चुनावमा पनि गृहमन्त्री समेत रहेका रवि लामिछाने शिक्षामन्त्री सुमन श्रेष्ठसहित घर घर पुगेर मत मागे । 

यति धेरै नेताले इलामलाई केन्द्रमा राख्दा चुनावमा भने बिजोग मत रास्वपाले प्राप्त गरेको छ । यहाँसम्म उम्मेदवार मिलन आफैँ आफ्नो वडामा एक सयमुनिकै मतमा खुम्चनु परेको छ । बजार क्षेत्रमा लिड गर्छु भन्ने उनको सपना पनि सपनामै सीमित भएको वडा तहमै पाएको मतले देखाउँछ । पार्टी उम्मेदवार मिलन लिम्बुले हालसम्म ३२४२ मत मात्र प्राप्त गरेका छन् । 

इलाममा जसरी आक्रामक बनेर रास्वपा लाग्यो जसरी उम्मेदवार चयन गर्यो उसलाई जनताले मतबाट भने पत्याएको देखिएन । ७ वडा रहेको फाकफोकथुम गाउँपालिकामा रास्वपाले मात्र ६४५ मत प्राप्त गर्यो । 

पालिकाको वडा नम्बर १ मा ११५, वडा नम्बर २ मा ९६, वडा नम्बर ३ मा ९७, वडा नम्बर ४ मा ७१, वडा नम्बर ५ मा  ५५, वडा नम्बर ६ मा १२७ र वडा नम्बर ७ मा लिम्बुले ८४ मात्र प्राप्त गरे । 

मिलनले माङ्सेवुङमा २४३ मत मात्र प्राप्त गर्न सफल भए । यो उनको बसोबास र मतदान गर्ने गाउँपालिका हो । 

वडातर्फ वडा नम्बर १ मा मिलनले ३६ मत पाए । यस्तै उनले आफ्नै वडा रहेको २ नम्बर वडामा ९६ मत पाएका छन् । लिम्बुले ३ नम्बर वडामा ४२, वडा नम्बर ४ मा ८, वडा नम्बर ५ मा ३, वडा नम्बर ६ मा ५८ मत पाएका छन् । 

रास्वपाले कतै पनि लिडिङ मत नै प्राप्त गरेन । माई नगरपालिकाको तीन वटै वडामा रास्वपा जम्मा २०१ मत प्राप्त गरे । उनले वडा नम्बर ६ मा ८४, वडा नम्बर ७ मा ४० र वडा नम्बर ८ मा ७७ मत प्राप्त गरे । 

यता चुलाचुली गाउँपालिकामा पनि रास्वपाको सम्मानजनक मत आउन सकेन । उनले पालिकाबाट ६२४ मत मात्र प्राप्त गर्यो ।

वडा नम्बर १ मा ११५, वडा नम्बर २ मा १५४, वडा नम्बर ३ मा ८६, वडा नम्बर ४ मा ६०, वडा नम्बर ५ मा १०२ र वडा नम्बर ६ मा १०७ मत उनले पाए ।

रास्वपाले देउमाई नगरपालिका र इलाम नगरपालिकामा भने राम्रो मत ल्याउने आंकलन गरिएको थियो । उनीहरूले मिहिनेत पनि गरेका थिए । सभापतिसहित अन्य नेताले राम्रै मिहिनेत गरे । तर, मत ल्याउन भने रास्वपा चुकेको देखिन्छ ।

वडा नम्बर १ मा उसले २३२, वडा नम्बर २ मा ११२ मत उसले पाएको छ । लिम्बुले वडा नम्बर ३ मा २५९, वडा नम्बर ४ मा ३२९ र वडा नम्बर ५ मा १५८ मत पाएका छन् । यस्तै वडा नम्बर ६ मा १४१, वडा नम्बर ७ मा १२३ मत पाएको छ । यस्तै ८ नम्बर वडामा १७४ मत घण्टीमा परेको छ ।


Author

थप समाचार
x