राजनीति

इलाममा एमालेका सुहाङको अग्रता कायमै, कांग्रेसका खड्कासँग ५६६२ मतको फरक

इकागज |
बैशाख १७, २०८१ सोमबार १७:१० बजे

काठमाडौँ- इलाम-२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो अग्रता कायमै राखेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग फराकिलो अग्रता कायम राखेका हुन् । सुहाङले १६ हजार २१९ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका खड्का​ १० हजार ५५७ मत पाएका छन् । निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ५६६२ मतको अन्तर भएको छ ।


स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८८२५ मत पाएका छन् । भने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २६४५ मत ल्याएका छन् ।

खसेको ६९२८७ मत मध्ये जम्मा ३९९६१ मत गणना गरिएको छ । अब १९३२६ मत गणना गर्न बाँकी रहेको छ । यस्तै फाकफोकथुम गाउँपालिका , चुलाचुली गाउँपालिका, माइ नगरपालिका वडा नम्बर ६, ७ र ८ तथा देउमाइ नगरपालिका वडा नम्बर १ २ ३ र ४ को गणना सम्पन्न भइसको छ । गणना गर्न बाँकी देउमाइ नपाका ५ ६ ७ ८ र ९ छन् । यस्तै इलाम नगरपालिकाका ११ वटा वडा गन्न बाँकी रहेका छन् ।

 


Author

थप समाचार
x