राजनीति

बझाङ-१ मा एमालेको अग्रता कायमै

इकागज |
बैशाख १६, २०८१ आइतबार १९:२५ बजे

बझाङ- बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका-९ को मतगणना सम्पन्न भएको छ । प्राप्त परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको अग्रता कायमै छ । 

एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ८७, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले १ हजार ३ सय ७३, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार २ सय ८९ मत प्राप्त गरेका छन् । 


त्यसैगरि नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ८ सय ५५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।


Author

थप समाचार
x