राेकिएन मदिराजन्य पदार्थकाे बिक्रीवितरण

कैलाली- मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले कार्तिक २० गते राति १२ बजेदेखि लागू हुने गरी जिल्लाभर मदिराजन्य पदार्थ बिक्रीवितरण र सेवनमा रोक लगाए तापनि अनुगमन नहुँदा त्यसले सार्थकता पाउन सकेको छैन ।
जिल्लाको सदरमुकाम धनगढी लगायत अत्तरीया, चौमाला, मसुरिया, लम्की, सुखड, बौनिया, टिकापुर, भजनी, जोशीपुर लगायतका बजार क्षेत्रका साना तथा ठूला होटल, रेस्टुरेन्टहरूमा निर्वाध रूपमा मदिराजन्य पदार्थको खुल्लमखुल्ला बिक्रीवितरण भई रहेको छ ।
धनगढीका एक रेस्टुरेन्ट व्यवसायीले प्रशासनबाट सूचना जारी भएको जानकारी आएपनि बिक्रीवितरण गर्न भने नरोकिएको बताए । उनले अहिलेसम्म कसैले पनि बिक्रीवितरण गरे नगरेको बारे अनुगमन नभएका कारण आफूहरूले पनि बिक्रीवितरण गरिरहेको बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कर्मचारीको अभावमा अनुगमन गर्न नसकेको स्वीकारे । उनले कर्मचारीहरू सबै निर्वाचनका लागि विभिन्न स्थानमा खटाउनु परेका कारण अनुगमन गर्ने कर्मचारीको अभाव भएको बताए ।
मदिरा बिक्रीवितरण भई रहेको बारे आफूलाई पनि जानकारी आएकाले छिट्टै प्रहरीको सहयोगमा अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । उनले बिक्रीवितरण तथा सेवन गरेको पाइए प्रचलित नियमानुसार कानुनी कारबाही गरिने समेत बताए ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया