चुनाव २०७९ : सुदूरपश्चिममा १७ हजार ८५९ सुरक्षाकर्मी परिचालन

कैलाली- मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार ८५९ सुरक्षाकर्मी परिचालन गरिएका छन् । निर्वाचनलाई शान्तिपूर्ण र भएरहित वातावरणमा सम्पन्न गर्न ११ हजार ५५९ म्यादी प्रहरी र बाँकी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर ६ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
निर्वाचनलाई लक्षित गरेर सबै निकायका सुरक्षाकर्मी परिचालन भइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले बताए । उनले निर्वाचनका बेला १७७ वटा मोबाइल टोली परिचालित हुने बताए ।
त्यस्तै २० वटा रिजर्भ टिम समेत तयारी अवस्थामा राखिएको सुचना अधिकारी एसएसपी रावलले बताए । उनले सो टिमलाई आवश्यकतानुसार मात्रै परिचालन हुने बताए । यसैगरि मतदानस्थलमा भने निर्वाचनको तीनदिन अगाडि मात्रै सुरक्षाकर्मी खट्नेछन् ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कैलालीमा २ हजार ८१२, कञ्चनपुरमा १ हजार ६३२, बाजुरामा ७४९, डोटीमा ९५३, डडेल्धुरामा ९३७, अछाममा १ हजार २६८ म्यादी प्रहरी परिचालन गरिएको छ । त्यसैगरी बझाङमा १ हजार १८८, दार्चुलामा ८२९ र बैतडीमा १ हजार १९१ अन्य सुरक्षाकर्मीसंग म्यादी प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी एसएसपी रावलले जानकारी दिए ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया