राप्रपा कमजोर छैन प्रदेश र प्रतिनिधि सभा दुवै जित्छौं : न्यौपाने

मकवानपुर- आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कमजाेर नभएकाे मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभा (ख)का उम्मेदवार गुञ्जनबहादुर न्यौपानेले बताएका छन् । 'राप्रपा कमजोर छैन प्रदेश र प्रतिनिधि सभा दुवै जित्छौं,' हेटौंडा उपमहानगरपालिकामा भएकाे चुनावी प्रचारप्रसारमा न्यौपानेले भने, ‘मकवानपुरे जनताको आशा र भराेसा भएकाे पार्टी राप्रपा हाे । जनताका इच्छा र आकाङ्क्षा पूरा गर्न राप्रपा प्रतिबद्व छ ।’
‘न भ्रष्टाचार गरिन्छ न भ्रष्टाचार गर्न दिइन्छ,’ भन्दै न्याैपानेले भने, ‘सके प्रदेश खारेज गरेर स्थानीय तह र केन्द्रीय सरकार बलियो र लोककल्याणकारी बनाइन्छ । नसके जनताको रगत, पसिनाको राजस्व र करको दुरुपयोगमा खबरदारी गरिन्छ ।’
आफ्नाे पार्टीकाे स्पष्ट विचार रहेकाले लप्पन छप्पन नभएकाे उनले बताए । उनले सरकार र व्यवस्थाको नाममा लुटधन्दा मच्चाउन र परिवार पोस्न राजनीतिमा नआएकाे जिकिर गरे । उनले भने, 'राजनीति मेरो सेवा हो मलामी कमाउने भन्दा माथिको स्वार्थ छैन ।’
‘जनतामा गएको छु जनजनको पिर, मार्का र व्यथा बुझेको छु । कहिले काहीँ देशको स्थिति देखेर एकान्तमा भक्कानिएर रोएको पनि छु,’ उनले भने, ‘हेटौंडाकाे हुप्र चाैरमा १३ तले भ्यूटावर बनाउनु सट्टा हेटौंडा अस्पतालमा १३ तल्ले भवन (अस्पताल) हेटौंडा उप-महानगरपालिकाले बनाइनु पर्छ ।’ न्याैपानेले मकवानपुरका लागि सपना देखेको र साकार पार्ने संकल्प बोकेरे हिँडेको बताए ।
जनतालाई भेडा भन्ने एक जमात र जनतालाई दास ठान्ने राजनीतिक दलहरूलाई विवेक पुर्याउने बेला निर्वाचन आएको भन्दै उनले मकवानपुरको जनता जाग्ने बेला भएकाे बताए । 'नयाँ इतिहासको उदय हुनेमा ढुक्क छु । जनताको सेवक बनेर काम गर्ने छु,' उनले भने ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया