हाँडीखोलालाई कृषि तथा पशुपालनको हब बनाइन्छ : बानियाँ

मकवानपुर- कृषि क्षेत्र र पशुपालनका लागि मकवानपुर जिल्लाकाे हाँडीखाेलाले प्रसिद्धि पाएकाे छ । याे क्षेत्रबाट हेटौंडा बजारमा दैनिक कृषिजन्य उत्पादन तरकारी फलफूल लगायत आउने गरेका छन् । हेटौंडा बजार क्षेत्रकाे तरकारी आपूर्तिमा हाँडीखाेला लगायतकाे स्थानबाट हुँदै आएकाे छ । पशुपालनका लागि समेत पर्याप्त क्षेत्र र सम्भावना भएकाले पशुजन्य उत्पादन समेतकाे विकास गर्न सकिन्छ हाँडीखाेलामा ।
यसै क्षेत्रलाई मकवानपुरका प्रदेश सभा सदस्य पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले कृषि र पशुपालनकाे हब बनाइने बताएका छन् । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ प्रदेश सभा (ख) मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार बानियाँले हाँडीखाेलालाई कृषि र पशुपालनकाे हब बनाइने चुनावी सभामा बताएका हुन् । नेपाली काँग्रेस बागमती प्रदेश सभापति बानियाँले गठबन्धनको सरकार बनेपछि हाँडीखाेलामा बीउबीजन तथा रासायनिक मल समयमा उपलब्ध गराउने, कृषि उपजको भण्डार र उचित बजार व्यवस्थापन गरिने बताए ।
यसैगरी मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रको विकासले तीव्रता दिइने मनहरि बसन्तपुरमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावी सभा तथा घरदैलो कार्यक्रममा बताएकाे छ । बानियाँले पूर्वपश्चिम राजमार्गसँग हाँडीखोलालाई जोड्न राप्तीखोलामा पक्की तथा झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइने बताएका हुन् ।
बागमती प्रदेशमा गठबन्धनको सरकार बनेकाे समयमा राप्तीखोलामा पक्की पुल निर्माणका लागि बजेट विनियोजन भइसकेको भन्दै अबको केही समयमा ठेक्का आह्वान गरी काम सुरु हुने बानियाँले बताए । नेकपा एमालेले साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरिरहँदा हाँडीखोलालाई उपेक्षा गरेको उनले आराेप लगाए ।
'गठबन्धनको सरकार बनेपछि हामीले रजैया दरदरा जोड्ने पक्की पुल र बस्तीपुर– मनहरी ३ जोड्ने पक्की पुलमा बजेट विनियोजन गरेका छौं । यसले हाँडीखोलाबासीलाई धेरै राहत हुनेछ,’ बानियाँले भने । नेकपा एमालेले जनताले ल्याएको उपलब्धिलाई मास्न खोज्ने, राजावादी र देश टुक्र्याउन खोज्नेसँग तालमेल गर्ने जस्ता गतिविधि गरिरहेको भन्दै जनताले यो निर्वाचनमा प्रतिगमनकारीहरूलाई परास्त गर्ने बताए ।
प्रदेशका १३ जिल्लामा रहेका विपन्न र निमुखा जनतालाई आवास कार्यक्रम अन्तरगत १० हजार घर निर्माण गरी हस्तान्तरण गरिने समेत बानियाँले उल्लेख गरे ।
चुनावी सभाकै क्रममा एमालेबाट निर्वाचित पूर्व वडाध्यक्षसहित ३६ जना कांग्रेस प्रवेश गरेका छन् । एमालेबाट मनहरी गाउँपालिका ५ नम्बरका पूर्व वडाध्यक्ष शुभराज थिङ, २०७४ मा निर्वाचित वडा सदस्य सोमनाथ रुम्बासहित ३६ जना एमालेका कार्यकर्ताले नेकपा एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसको सदस्यता लिएका हुन् । उम्मेदवार बानियाँले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया