मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

बैतडीको पञ्चेश्वर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

धनगढी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको  छ । गाउँपालिकाले वडा नम्बर ४ आमचौरास्थित कैलपाल धुरामा लाग्ने मेलाका लागि बिदा दिएको हो ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गरेर मेलाका लागि कार्तिक २९ गते बिदा दिएको जनाएको छ ।