आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

चुनावको मुखमै केन्द्रीय सदस्य रामले छाडे एमाले

सिरहा- नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला सहइन्चार्ज रामपृत रामले एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

पर्टीले केन्द्रीय कमिटीको निर्णयविपरीत घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राट्रवादीहरुसँग गठबन्धन गरेको भन्दै मंगलबार सिरहाको गोलबजारमा पत्रकार सम्मेलन गरी पार्टी सदस्यतासमेत नरहने गरी एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

केही नेताहरुको व्यक्तित स्वार्थ पूर्ति गर्न पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णयविरुद्ध पार्टी नाकाबन्दी गर्ने र दक्षिणपन्थी दलसँगको गठबन्धन जनता र देशविरोधी रहेको रामको आरोप छ ।