फ्रान्सेली फरवार्ड क्रिस्टोफरले विश्वकप गुमाउने
काठमाडौँ- फ्रान्स फुटबल टिमका फरवार्ड क्रिस्टोफर कुकुले कतारमा नोभेम्बर २० तारिखबाट सुरु हुन लागेको फिफा विश्वकप गुमाउने भएका छन् । अभ्यासका क्रममा मंगलबार खुट्टामा चोट बोकेपछि क्रिस्टोफरले विश्वकप गुमाउने भएको बीबीसीले जनाएको छ ।
बुन्डेसलिगामा आरबी लेपजिगका लागि खेल्ने २५ वर्षीय फरवार्ड क्रिस्टोफरले यस सिजनमा १५ खेलमा १२ गोल गरेका छन् । फ्रान्सले भने उनको स्थानमा आउने खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।
विश्वकपको समूह ‘डी’ मा रहेको फ्रान्सेली टोली बुधबार कतार प्रस्थान गर्दैछ । फ्रान्सले पहिलो खेल अस्ट्रेलियाविरुद्ध खेल्नेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया