‘अर्जेन्टिनालाई विश्वकप जित्न ब्राजिल, फ्रान्स र इंग्ल्यान्डले रोक्न सक्छ’
काठमाडौँ- अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले कतार विश्वकप फुटबलको उपाधि जित्नका लागि ब्राजिल, फ्रान्स र इंग्ल्यान्डको ठूलो चुनौती रहने दावी गरेका छन् ।
पेरिस सेन्ट जर्मेनका ३५ वर्षीय फरवार्ड मेस्सीले अर्जेन्टिनालाई तेस्रो तथा सन् १९८६ पछि पहिलो पटक विश्वकपको उपाधि दिलाउने उदेश्य बोकेका छन् ।
रोयटर्सले उल्लेख गरे अनुसार मेस्सीको नजरमा ब्राजिल, फ्रान्स र इंग्ल्यान्ड पनि उपाधिको मुख्य दावेदार हुन् ।
सन् २०१४ मा मेस्सीसहितको अर्जेन्टिनाको टिम फाइनलमा पुगे पनि जर्मनीसँग पराजित हुन पुगेको थियो ।
समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेल साउदी अरेबियाविरुद्ध खेल्नेछ । यस समूहमा मेक्सिको र पोल्यान्ड पनि रहेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया