यसरी हेर्न सकिन्छ नेपाल टेलिकमको 'एनटीटीभी'मा विश्व कप फुटबल

काठमाडौँ- मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल–२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकहरुका लागि फिफा वर्ल्ड कप प्याकेज (फिफा वर्ल्ड कप प्याकेज) उपलब्ध गराउने भएको छ । फिफा वर्ल्ड कप–२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क रु. ५६५।– एनटीटीभीका ग्राहकहरुले कम्पनीका ग्राहक सेवा केन्द्रमा नगइ घरमै बसेर पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
यसका लागि वर्ल्ड कप प्रसारण हुने हिमालयन एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’ मा क्लिक गरी आफ्नो मोबाइल नम्बर इन्ट्री गर्नु पर्नेछ । त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटीपी प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ । सेवा खरिद गर्दा ग्राहकको मोबाइल व्यालेन्सबाट रकम काटिनेछ ।
फिफा वर्ल्ड कप–२०२२ हेर्नका लागि तोकिएको फिफा वर्ल्ड कप प्याकेज खरिद गर्ने कम्पनीका एनटीटीभी सेवाका ग्राहकहरुलाई उक्त प्याकेज खरिद गर्न प्रयोग गरिएको मोबाइल नम्बरमा कम्पनीका तर्फबाट २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा समेत निःशुल्क उपलब्ध गराइने छ ।
फिफा वर्ल्ड कप–२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क रु. ५६५।– एनटीटीभीका ग्राहकहरुले नजिकको कम्पनीको ग्राहक सेवा केन्द्रमा गएर पनि बुझाउन सकिन्छ । विश्व कप फुटबल अवधिभर उपलब्ध हुने सो अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_2oYt1QA6tR_uqunishesnfnbritehieuqkywprfz35kmui7qvhud4vu8nd3qcmedtif0egd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया