क्रस मतको विषयमा विवाद हुँदा महोत्तरीमा मतगणना हुन सकेन

महोत्तरी- महोत्तरीका सबै क्षेत्रमा क्रस मतको विषयमा विवाद हुँदा अझै मतगणना हुन सकेको छैन ।
क्रस मतको विषयमा केहीले बदर हुनुपर्ने र केहीले सदर हुनुपर्ने माग राख्दै विवाद सिर्जना भएपछि मतगणना स्थगित भएको हो ।
भूलवस क्रस भएका मतलाई सदर गर्दै मताधिकारलाई सम्मान गर्नुपर्ने एकथरीको माग छ भने एकथरीले यसलाई बदर नै गर्नुपर्ने अडान लिएका छन् ।
अडान लिनेहरूमा नेकपा एस, जसपा, एमालेलगायतका दल छन् भने मताधिकारको सदुपयोग हुनुपर्छ भन्ने विषयमा अडान लिनेमा सत्तारूढ दल रहेका छन् ।
'कर्मचारीहरूको त्रुटीले मतदान गरेका मतदाताहरू अन्यायमा पर्नु हुँदैन भन्ने हाम्रो माग हो,' माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश पोखरेलले भने ।
विशेषगरि क्रस मतको विषयमा क्षेत्र नम्बर १ मा विवाद सिर्जना भएको छ । १ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि विवादका कारण अहिलेसम्म मत गणना हुन नसकेको हो ।
निर्वाचन अधिकृत गुणराज श्रेष्ठले सर्वदलीय सहमति जुटे आफू मतगणना गर्न तयार रहेको बताएका छन् । न्युज कारखाना

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया