उम्मेदवारको गाडी मतगणना स्थलमा पसेपछि प्रहरी प्रशासनविरुद्ध नाराबाजी

मकवानपुर- मकवानपुरको हेटाैंडा-२, स्थित सिदार्थ माविकाे मतगणना स्थलभित्र प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख)का उम्मेदवार इन्द्रबहादुर बानियाँकाे गाडी प्रवेश गर्न दिएपछि नाराबाजी भएकाे छ ।
यहाँ दिनभर एकदम कडाइ गरेको सुरक्षा निकायले दलका प्रतिनिधिलगायतलाई माेबाइलसमेत लैजान दिएकाे थिएन । माेबाइल लैजान नदिने प्रशासनले उम्मेदवारकाे गाडी नै भित्र लैजान दिएकाे भन्दै मतगणना स्थलकाे गेटमा चर्काे नाराबाजी भएको हाे ।
मत परिणाम सुन्न गेट बाहिर बसिरहेका दलका समर्थकहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । नेतालाई पहुँचका आधारमा दिइने सुविधा र अन्यलाई दिइने सुविधामा विभेद भएकाे भन्दै उनीहरूले मतगणना नै राेक्नुपर्ने चेतावनीसमेत दिइरहेका छन् ।
सोमबार राति करिब ९ बजे बानियाँको बागमती बी ए बी ११११ नम्बरको ल्यान्ड क्रुजर गाडी मतगणना स्थलमा विना रोकावट, बिना चेक जाँच प्रशासनले प्रवेश गराएसँगै उपस्थित स्थानीय सर्वसाधारणले विरोध गरिरहर्काे छन् ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया