रासायनिक मल उद्योग खोल्नेबारे अध्ययन गर्न अर्थमन्त्रीको संयोजकत्वमा समिति

काठमाडौं : सरकारले मुलुकमै रासायनिक मल उत्पादन गर्ने उद्योग स्थापना गर्न अध्ययन गर्न अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । समितिको सदस्यमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल सदस्य रहेको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले निकट भविष्यमै रासायनिक मल उत्पादन गर्ने उद्योग स्थापना गर्ने र त्यसको अध्ययन गर्न समिति बनाइएको जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने उद्योग खोल्ने प्रस्ताव ल्याएका थिए । र प्रधानमन्त्रीको प्रस्ताव अनुरुप उद्योग स्थापना गर्ने निर्णय भएको गुरूङले बताए ।
नेपालमै सम्भव छ रासायनिक मल उत्पादन
गुरुङका अनुसार पौडेलको संयोजकत्वको समितिले उद्योग स्थापनाबारे निकट भविष्यमै कसरी लगानी गर्ने र कस्तो संरचना बनाउने भनेर सम्भाव्यता अध्ययन गर्नेछ । ‘नेपालमा कारखानाको सम्भाव्यता, लगानीको मोडल र कारखानासँग सम्बन्धित सबै विषयको अध्ययन गरेर समितिले प्रतिवेदन पेस गर्नेछ,’ प्रवक्ता गुरुङले भने, ‘सोही प्रतिवेदनका आधारमा मल कारखानाको प्रक्रिया तुरुन्तै थालिनेछ ।’

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

प्रतिक्रिया