धनुषामा एमालेको २ र जसपाको एक स्थानमा अग्रता

जनकपुरधाम- धनुषाको चार क्षेत्र मध्ये २ क्षेत्रमा नेकपा एमाले र एक क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) अग्रता कायम राखेका छन् भने एक क्षेत्रमा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन ।
जिल्लाको क्षेत्र नम्बर १ मा जसपा, क्षेत्र नम्बर २ र ३ मा एमाले अघि रहेका छन् ।
मतगणनाको पछिल्लो परिणाम अनुसार क्षेत्र नम्बर १ मा १ हजार ४४१ मतले जसपाका दिपक कार्की अग्र स्थानमा छन् भने राप्रपाका मनोज मल्ल १ हजार २१७ ल्याई दोश्रो र सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका मातृका यादव १ हजार १३३ मत ल्याई तेश्रो स्थानमा छन् ।
त्यस्तै क्षेत्र नम्बर २ मा एमालेका उमाशंकर अरगरिया ३ हजार ७९३ मतले अग्रस्थानमा छन् भने कांग्रेसका रामकृष्ण यादव २ हजार ५६१ दोश्रो, जसपाका गंगाराम यादव १ हजार ८५४ तेश्रो र नेकपा एसका रामचन्द्र झा १ हजार ६४० मतले चौंथो स्थानमा रहेका छन् ।
क्षेत्र नम्बर ३ मा एमालेकी जुली महतो ४ हजार २६६ मतले अग्रस्थानमा छिन् भने लोसपाका अनिल झा ३ हजार २२० मतले दोश्रो र जनमत पार्टीका ई. शम्भुनाथ झा १ हजार ३८६ मत ल्याई तेश्रो स्थानमा छन् ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया